भूकम्पबाट घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडाैं | कात्तिक १९, २०८०

भूकम्पबाट घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय

आज बसेको मन्त्रिपरिषद्को बैठकले जाजरकोट केन्द्रबिन्दु भइ शुक्रवार राति गएको भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । 

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको आकस्मिक बैठकले सबै ठाउँका अस्पतालहरुमा घाइतेहरुको निस्शुल्क उपचार गर्ने निर्णय गरेको हो । 

 

तत्काल उद्धार गर्नुपर्ने घाइतेहरुको लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाण्डौ लगायतका सबै ठाउँका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । 

 

उहाँले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारीरूपमा राहत र पुनःस्थापनाका काम गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन–कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा छलफल गरी निर्णय गरिने जानकारी दिनुभयो ।

पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।   शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...

थप पढ्नुहोस्

मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

थप पढ्नुहोस्

पोखरा ।    जिल्ला प्रहरी कार्यालयले ठुलो मात्रामा लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ सैनिक बस्ती बस्ने १९ वर्षीय आयुष तामाङ रहेका छन् ।  ...

थप पढ्नुहोस्